अवैध लागुऔषधसहित दुई युवक पक्राउ

Posted on: 09 Aug, 2018

साउन २४, काठमाडौँ | महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले अवैध लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले आज बिहान नागढुङ्गामा जाँचका क्रममा काठमाडौँका ३७ वर्षीय राजीव गुरुङलाई पक्राउ गरेको हो । 

प्रभागका प्रहरी निरीक्षक केशवराज भट्टले दाङबाट काठमाडौँ आउँदै गरेको ना६ख ७९१० नंको बसमा गुरुङलाई लागुऔषधसहित पक्राउ गरेको जानकारी दिनुभयो । गुरुङसँग प्रहरीले १०० एम्पुल डाइजेपाम, १०१ एम्पुल नुर्फिन र १०० एम्पुल फेनार्गन बरामद गरेको छ । 

काठमाडौँ महानगरपालिका –१५ स्वयम्भू अन्नपूर्ण चोकबाट लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले अवैध रुपमा लागुऔषध बोकेर हिँडिरहेको अवस्थामा दोलखाका २३ वर्षीय बादल श्रेष्ठलाई बुधबार साँझ पक्राउ गरेको हो । श्रेष्ठसँग ३४ एम्पुल नुर्फिन, ३४ एम्पुल डाइजेल्याव र ६० एम्पुल फेनार्गन बरामद गरेको छ । पक्राउ परेका दुवै जनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!