छोरा अपहरणमा परेको भन्दै प्रहारीलाई झुक्याउने बैतडीका राकेश प्रक्राउ

Posted on: 09 Aug, 2018

साउन २४, काठमाडौं । छोरा अपहरणमा परेको भन्दै प्रहरी कन्ट्रोलको टेलिफोन नम्बर १०० मा फोन गरि झुक्याउने एक जना पक्राउ परेका छन् ।


छोरा अपहरणमा परेको भनी प्रहरीलाई भ्रममा पार्न खोजेको देखिएकाले बैतडीको पाटन नगरपालिका ६ घर भई हाल काठमाडौं राकेश विष्टलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ ।

राकेशले साउन २३ गते प्रहरी कन्ट्रोलको नम्बरमा फोन गरी आफ्नो छोरा अपहरणमा परेको जानकारी गराएका थिए ।

त्यसपछि राकेशलाई कार्यालयमा नै बोलाएर सोधपुछ गर्दा उनले गलत सूचना दिएको खुलेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!