कुश्माका नगरप्रमुखद्वारा आफ्नो पारिश्रमिकले विद्यार्थीलाई सहयोग गर्ने घोषणा

Posted on: 10 Aug, 2018

साउन २५, पर्वत । कूश्मा नगरपालिका वडा नं २ स्थित जगदम्वा प्रा. विमा अध्ययनरत २७ जना विद्यार्थीहरुका लागी कुश्मा नगर प्रमूख रामचन्द्र जोशीले एक/एक सेट ड्रेस सहयोग गर्ने घोषणा गर्नु भएको छ । स्थलगत रुपमा विद्यालयमा पूगी विद्यार्थीहरुसंग अन्तरकृया गरेर सहयोग गर्ने वचन दिनु भएको हो । उक्त विद्यालयमा निम्न आम्दानी भएका विपन्न विद्यार्थीहरुले पढ्दै आएका छन् ।


नगर प्रमुखले पाउने आफ्नो सूविधावाट सहयोग गर्ने प्रमूख जोशीले वताउनुभयो । विद्यालयको माग र वास्तविक अवस्था देखेर विद्यार्थीहरुको पठनपाठनमा थप सहयोग पुर्याउने उदेश्यले सहयोग गर्न लागेको जानकारी दिंदै जोशीले आफूले नगर प्रमूखको नाताले पाउने सवै पारिश्रमीक यसै गरि वितरण गर्ने वताउनूभयो ।

कूश्मामा रहेको व्रमाकूमारी ईश्वरीय विश्व विद्यालयलाई रु ५० हजार सहयोग र अन्य निकायहरुमा पनि आवश्यकता हेरी सहयोग गर्ने जानकारी दिनू भयो ।

जगदम्वा प्रा वि का प्रधानध्यापक राम प्रसाद शर्माले विद्यालयको स्थलगत निरिक्षण गरि वास्तविक आवश्यकता वूझेर सहयोग गरिदिनू भएकोमा नगर प्रमूख जोशीलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!