गुल्मीमा कांग्रेसजन महिलाहरु झुम्नु–झुमे (फोटो फिचर)

Posted on: 10 Aug, 2018

प्रेम सुनार | साउन २५, गुल्मी | निलो साडी, आजकल चलेको ब्लज ,  शिरमा चन्द्रमा–क्लिप, कानमा झुम्का,  गलामा हार  र रातो पोते सहितको मंगलसुत्र  र  विन्दीयामा सजिएकी विन्दु पन्थी सापकोटा  एक कार्यक्रममा  तिज गीतमा झुम्ने पहिलो पात्र थिईन ।

नाच्नु पुर्व उनले नेपाली कांग्रेस गुल्मीकी पार्टी सचिव विष्णुकुमारी सापकोटा र महिला विभाग प्रमुख अमृता देवि कुँवर  लगायतका दिदी वहिनीहरु संग तस्वीर खिचाईन । त्यस पछि तिज गितमा झुम्न थालेकी उनि नृत्यमा आकषर्णको केन्द्र बनेकी थिईन । विवाहको पहिलो वर्षको तिज गित कार्यक्रम उनका लागि हर्ष–उल्लासपुर्ण हुनु स्वभाविकै हो ।


शुक्रवार  नेपाल महिला संघ , रेसुङ्गा नगर समितिले पार्टी कार्यालय विपी स्मृति भवनमा राखेको  दरखाने कार्यक्रमको कुरा थियो त्यो । संघको ७१ औं स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा पन्थी सापकोटा झुमी सके पछि अरु दुई वटी महिला आएर उनलाई पनि टक्कर दिने गरी झुम्न थाले ।


कांग्रेस निकट महिलाहरु केहि  वर्ष अघि सम्म निकै भड्किलो पहिरनमा देखिन्थे तर हिजो त्यस कार्यक्रममा आम महिलाहरु कै पहिरन र गहनामा देखिएका थिए ।

पार्टी सभापति भुवनप्रसाद श्रेष्ठद्धारा उद्घाटन भएको कार्यक्रममा सचिवद्धय  खिलध्वज पन्थी र विष्णुकुमारी सापकोटा, कोषाध्यक्ष हरिबहादुर केसी, जिल्ला सदस्थ थम्मन केसी, महिला विभाग प्रमुख कुँवर, नगरसभापति छवि पाण्डे लगायतले आतिथ्यता गदैं  गएराती अवेर सम्म तिज गित नाचको मज्जा लिई रहेका थिए ।


खिर तरकारी अचार पनि  साँझ अवेर सम्म नाच्दै थाक्दै खाँदै गरिरहेका थिए । महिला संघ रेसुङ्गा नगरसभापति  सिता  पाण्डेको अध्यक्षता सम्पन्न कार्यक्रममा सचिव कल्पना रिजाल  पन्थीको सञ्चालन रहेको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!