जिल्ला कै प्रमुखलाई खोई अंगरक्षक, खोई झण्डा ?

Posted on: 11 Aug, 2018

प्रेम सुनार । साउन–२६, गुल्मी । स्थानिय तहको निर्वाचन पछि वरियताक्रममा जिल्ला समन्व्य समितिका प्रमुखहरु  बरियता क्रममा जिल्लाका  सवै भन्दा प्रमुख ओहदाका  ब्याक्ति मानिन्छन ।  त्यस पछि सिडियो मानिन्छन् ।  उनिहरु दुवै जना कुनै कार्यक्रममा पुग्दा आफु भन्दा कनिष्ट मानिने सिडियो झण्डा फर्फराउँदै र गार्र्ड अगाडी पछाडी लगाउँदै पुगेका हुन्छन ।

तर जिल्ला कै  प्रमुखलाई एउटा गार्ड समेत दिईएको  देखिदैन् । जिल्ला पञ्चायत र पछि जिल्ला विकास समिति सम्मको अवस्था के थियो त ? भनेर हामीले गुल्मीका पुर्व जिल्ला विकास समितिका सभापति चन्द्र केसी संग सोधेका थियौं ।

उनले भने–‘ उति वेलै देखि पोर्टकल मिलाएनन । सिडियोलाई गाडीमा झण्डा रखाए, गार्ड दिए हामीलाई दिएनन । हामी त्यति वेला अधिकार सम्पन्न जिल्लाको प्रमुख भई सके पछि हामीले पनि गार्डा र झण्डा राख्न पाउनु पर्छ भनेर माग गरेका थियौं, सुनुवाई भएन । अहिले खै ब्यवस्था गरेका छन, थाह छैन् । ’

कानुनका विद्यार्थी समेत रहेका केसीले थपे–‘संघिय प्रणालीमा चार तहको संघियता हुन्छ  । एउटा राजनैतिक संघियता हो जुन निर्वाचन गराएर सफल भयो । दोश्रो संवैधानिक संघिता हो , जुन  संकट र जटिल अवस्थामा छ ।

तेश्रो वित्तिय संघियता, त्यो पनि सक्रमण अवस्थामा छ । चौथो हो प्रशासनिक संघियता त्यो झनै गाह्रो अवस्थामा रहेको छ ।’

केसीले वरियताक्रममा जिल्लाको प्रमुख  भएकोले त्यस्तो ब्यवस्था गरिनु पर्नेमा जोड दिए । जिल्लाका विध्वान पुर्व क्याम्स प्रमुख शशी पन्थीले संघिय सरकारले यस्तो विषयमा नियम कानुन संशोधन गरेर जिल्लाको प्रमुखलाई  त्यस्तो ब्यवस्था हुनु पर्ने धारण राखे ।  

प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालले हाल सम्म समन्व्य समितिका प्रमुखलाई गार्ड उपलब्ध गराउने विषयमा केहि कुरा नआएको बताए । उनले भने –‘ सुरक्षा संवेदनशिलतालाई ध्यानमा राख्दै  मागेमा दिन सकिन्छ । तर त्यस्तो कुरा उठेकै छैन ।’

समन्व्य समितिका प्रमुख लक्ष्मण पराजुलीले यो विषय उठान नौलो भएको बताए ।‘ यो  विषय नौलो र ठिक हो तर अहिले सम्म यसवारे ऐन कानुन कतै केहि वोलेको छैन । अहिले सम्म आफुहरुलाई निवास मात्र उपलब्ध गराईएको छ तर खान  र अन्य ब्यवस्था हामी आफ्नै खर्चले थेक्दै आएका छौं –उनले भने । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!