हनुमन्ते सफाइबाट १६ टन फोहर संकलन

Posted on: 11 Aug, 2018

साउन २६, भक्तपुर | भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज २४आँै हप्तामा १६ टन फोहर संकलन गरिएको छ । मध्यपुृरथिमि नगरपालिकाको कौशल्टारदेखि लोकन्थलीसम्मको क्षेत्रमा भएको सरसफाइको आज कलाकार दीपाश्री निरौलाले शुभारम्भ गर्नुभयो । 

कार्यक्रममा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले हनुमन्तेमा फोहर फाल्नेलाई कडा कारबाही गर्न नगरपालिकाले ठोस कार्यक्रम बनाउनुपर्ने विचार व्यक्त गर्नुभयो । 

सूर्यविनायक नगरपालिकाको नेतृत्वमा शुरु भएको अभियानमा जिल्लाका विभिन्न संघसंस्था, नगरपालिका, विद्यालय, स्थानीय बासिन्दा र अभियन्ताको सक्रिय सहभागिता रहेको नगरपालिकाका प्रमुख वासुदेव थापाले बताउनुभयो । 

विसं ०७५ लाई हनुमन्ते सफाइ वर्ष घोषणा गर्दै शुरु भएको अभियानमा आजसम्म करीब २६० टन फोहर संकलन भएको र आजको अभियानमा ५७० जनाको सहभागिता रहेको हनुमन्ते सफाइ अभियानका अभियन्ता पुष्कर गजुरेलले जानकारी दिनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!