गुल्मी प्रहरीद्वारा ठुलो परिणामको अवैध मदिरा नष्ट

Posted on: 11 Aug, 2018

प्रेम सुनार।साउन–२६, गुल्मी।  गुल्मी जिल्ला प्रहरीले अहिले सम्मको ठुलो परिणामको अवैध मदिरा वरामद गरी आज पत्रकार सम्मेलन गरी नष्ट गरेको छ । हिजो जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालले पत्रकार र अन्य सरोकारवाला विच राखेको भेटघाट कार्यक्रममा अपराधको प्रमुख कारक मदिरा भएको स्वयम प्रमुख जिल्ला अधिकारी  पौड्यालले स्वीकार गरेका थिए ।


त्यसलाई  न्युनिकरणमा सुरक्षा निकायले गम्भीर ध्यान दिने उद्घोष गरेको आज दोश्रो दिन निकै ठुलो परिमाणमा प्रहरीले सदरमुकाम तम्घासबाटै घरेलु मदिरा बरामद् गरेको हो ।

जिल्ला प्रहरी कार्यालयले शनिवार दिउँसो सदरमुकाम तम्घासको बुढाथोकी बसपार्कबाट र उता क्षेत्र नम्वर २, को पुर्कोटदह ईलाका प्रहरी कार्यालयको टोलीले विभिन्न स्थानमा छापा मारेर घरेलु मदिरा मरामद गरेको जिल्ला प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेतले जानकारी दिए ।

उनका अनुसार दुवै स्थानमा गरी उत्पादनका लागि तयारी मदिरा १ सय १५ लिटर , उत्पादनका लागि तयारी मदिराको कच्चा पदार्थ २ हजार ६० लिटर, घरेलु मदिरामा प्रयोग हुने मर्चा २० किलो वरामद गरी नष्ट गरेको हो ।

त्यस सैगै मदिरा उत्पादन गर्ने भाँडाहरु पैनी ७ थान , प्लाष्टिक ड्रम ४० थान, प्लाष्टिक ग्यालेन १७ थान र माटाको हाँडी ३ थान  वरामद गरेकोमा नष्ट गरिएका ति पदार्थ पछि सम्वन्धितलाई अब त्यस्तो उत्पादन गर्ने कागजात गराई बुझाईने प्रहरी प्रमुख बस्नेतले बताए ।

पानी आई रहेको बखतमा तम्घासको डम्पीङ्ग साईडमा नष्ट गर्ने क्रममा प्रहरी प्रमुख बस्नेत, प्रहरी नायव उपरिक्षक रोशन खड्का र प्रहरी निरीक्षक रविन्द्रबहादुर खड्का सहित प्रहरीको टोली र पत्रकारहरुले एकै साथ घरेलु मदिरा बगाई रहँदा भन्दै थिए बाईसेधारको पवित्र जल सधै बगिरन्छ तर मनिसको शरिरमा असर पुराउने र अपराध बढाउने घरेलुले मदिराको बाईसेधार यसरी नै सवैले जुन कुनै बेला बगाई रहनु पर्दछ । ’

यस बिषयमा तपाइको प्रतिक्रिया...!