दाङमा खोलाले बगाउँदा एकको मृत्यु

Posted on: 12 Aug, 2018

साउन २७, तुलसीपुर | ग्यार खोलाले बगाउँदा गए राति एक जनाको मृत्यु भएको छ । 

तुलसीपुर उपमहानगरपालिका– १२ का पर्शुराम चौधरीको खोलाले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो । चौधरी उच्च अदालत तुलसीपुर कार्यालयमा कार्यालय सहयोगीका रुपमा कार्यरत हुनुहुन्थ्यो । उहाँलाई आफन्तको घरबाट फर्कने क्रममा खोलाले बगाएको हो । चौधरी शव आज फेला परेको इलाका प्रहरी कार्यालयले जनाएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!