भारतको धौलीगंगा बाधँ खोलियो, महाकाली नदी तटिय क्षेत्रमा सुरक्षित भएर बस्न आग्रह

Posted on: 13 Aug, 2018

लोकेन्द्र प्रसाद जोशी | साउन २८, दार्चुला । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा अवस्थित धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिएको छ । बाधँमा पानीको मात्रा बढेको र नियमित सरसफाइ समेत गर्नुपर्ने भएकोले सोमबार बिहाँन ७ बजे बाँध खुला गरीएको धारचुला प्रशासनले जनाएको छ । बाधँको पानी खोलिदा महाकाली नदी तटिय क्षेत्रमा जोखीम बढ्ने भएकोले पुर्ब सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको सहायक प्रमुख जिल्ला अधिकारी शिबराज जोशीले जानकारी दिनुभयो ।  

बाँधबाट बढी मात्रामा पानी छोडिँदा महाकाली नदीमा बाढी आउने खतरा हुन्छ । दार्चुलादेखी बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भातततीर बग्ने महाकालीमा पानीको बहाब र सतह बढ्नसक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्न नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन् । धौलीगंगाबाट दार्चुलाको नदी तटिय क्षेत्रमा पानी पुग्न करिब २ घन्टासम्म समय लाग्ने गर्दछ ।


खासगरी दार्चुलाको ब्यास, दुहू, मालिकार्जुन र लेकम गाउँपालिकाका साथै महाकाली नगरपालिकामा नदीतटीय क्षेत्रमा बसोबास गर्ने सबै स्थानीय बासिन्दालाई सुरक्षित भएर बस्न एवं तुइन, ट्युबको प्रयोगगरी महाकालीमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको हो ।

पछिल्लो समय भारतीय प्रशासनले बाँध खोल्ने समयबारे जानकारी गराउन थालेपछि पूर्वसतर्कता अपनाउन सजिलो भएको जिल्ला प्रहरी प्रमुख डिएसपी नबराज अधिकारीले बताउँनुभयो । गत महिना दार्चुलामा सम्पन्न नेपाल र भारतका जिल्ला अधिकारीहरुको सिमा सुरक्षा बैठकमा बाँधको पानी छाड्ने समयबारे पुर्ब सूचना आदानप्रदान गर्ने सहमति भएअनुसार भारतीय प्रशासनले जानकारी गराउँदै आएको छ । २८० मेगावाट बिद्युत क्षमताको धौलीगंगा बाधँ यस वर्षमात्रै चारपटक खोलिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!