यातायातका इन्जिनियर शाह २० हजार घुससहित पक्राउ

Posted on: 13 Aug, 2018

साउन २८, बुटवल । यातायात व्यवस्था कार्यालय बुटवलका एक कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन् ।

कार्यालयका मेकानिकल इन्जिनियर सरोजकुमार शाहहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको कार्यालयबाट खटिएको टोलीले २० हजार नगदसहित पक्राउ गरेको हो ।

नयाँ सवारीसाधन दर्ताका लागि शाहले सेवाग्राहीबाट घुस लिन लागेको सूचनाका आधारमा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!