धुर्कोटवासी काकाकुल थिए, उनिहरुकै अहिले घर–घरमा धारा

Posted on: 13 Aug, 2018

प्रेम सुनार | साउन २८, गुल्मी । यस जिल्लामा साविकको खज्र्याङ्ग गाविस पछि सदियौं देखि  पानी नभएको सुख्खा डाँडा भएको दोश्रो गाउँ धुर्कोट । कतै  खानेपानीको हाँहकार भए भन्ने गरिन्थ्यो खज्र्याङ्ग र धुर्कोटे जस्तै काकाकुलमा परिने त होईन ? अहिले त्यही खज्र्याङ्ग र धुर्कोटका वासीन्दाहरु लिफ्टीङ्ग  सिस्टम खानेपानी योजनाहरुले तल मुहानको पानी माथी सुख्खा डाँडामा खसाई दिए पछि घर घरमा धाराको पानी सुविधा प्राप्त गर्दै जान थालेका छन ।

स्थानिय निर्वाचनमा एक घर एक धारा पुराउने चुनावी नारा पुराउन धुर्कोट गाउँपालिकाले गत वर्ष देखि नै सो अभियानलाई मुर्त रुपम दिन थाल्यो । फलस्वरुप धुर्कोरजस्थल–७ वाग्लामा गत वर्ष माछेव्याड लिफ्ट सिस्टम खानेपानी योजना सम्पन्न भए गरिए पछि अहिले त्यहाँका ति सुख्खा डाँडावासीको घर घरमा धारा पुगेको छ ।

नेपाल सरकार, फिनल्याण्ड सरकार र गाउँपालिकाको सहयोगमा संचालन भएका खानेपानी तथा सरसफाई योजनाहरु मध्ये   त्यो योजना पनि एक हो । त्यस गाउँपालिका खानेपानी सरसफाई तथा स्वच्छता ईकाई ( वासं) का संयोजक छविलाल बिश्वकर्माका अनुसार त्यस योजनाबाट त्यहाँका १ सय २४  परिवारको घर घरमा धारा पुगेको छ ।

त्यस्तै वडा नम्वर–३ को अर्को सुख्खा डाँडो हाडहाडेमा पनि लिफ्ट सिस्टम  खानेपानी योजनाको काम तिव्रगतिमा भई रहेको छ ।  त्यस घोष बर्दवास खानेपानी तथा सरसफाई योजना बाट यसै वर्ष १ सय ३३ घरधुरीलाई खानेपानी पुराउने लक्ष्य लिईएको छ ।

ति दुई वटै योजनामा  नेपाल सरकारबाट ५२ लाख, फिन्ल्याण्ड सरकारबाट २५ लाख ९३ हजार , धुर्कोट गाउँपालिकाबाट ३० लाख ८५ हजार ६ सय ४४ र जनश्रमदान सहित  १ करोड १० लाख गत वर्ष छुट्टाईएको त्यस  गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लोकहरी थापाले जानकारी दिए ।

एनका अनुसार यस चालु आर्थिक वर्षमा पनि थप खानेपानी योजनाका लागि १ करोड १० लाख ४३ हजार विनियोजन गरिएको छ । वास संयोजक बिश्वकर्माका अनुसार गत वर्ष धुर्कोटका कुल  २ सय ५७ घरधुरीलाई स्वच्छ पिउने पानी उपलब्ध गराउने काम सम्पन्न गरिएको छ ।

तस्वीरमा: ‘धुर्कोट गाउँपालिकाको शान, पुर्ण सरसफाई हाम्रो अभियान’ भन्ने नारा लेखिएको टिशर्टमा सजिदै त्यहाँका जनप्रतिनिधी र कर्मचारीहरु | 

गाउँपालिकामा १ संस्थागत शौचालयको निर्माण कार्य सम्पन्न भई  प्रयोग भइ रहेको छ । गाउँपालिकाको सहयोगमा ७ वटा वडाहरुमा गरी  फोहर मलाई १ सय ८० थान वाल्टीहरु वितरण गरिएको छ ।

सरसफाईका लागि विद्यालय स्तरको अभिमुखिकरण, चरणवद्ध तालिमहरु, टोल अभिमुखिकरण,वडा स्तरका तालिमहरु सम्पन्न भएका छन् । साथै पूर्ण सरसफाईका सूचकहरु पुरा गरेका ७ सय ९८ घरधुरीहरुमा हरियो स्टीकर टाँस गर्ने कार्य पनि  सम्पन्न भएको छ ।

खुल्ला दिसामुक्त घोषणा भएर पनि केही घरधुरीमा शौचालय निर्माण गर्न बाँकी रहेको अवस्था देखिएकोमा शौचालय निर्माण पनि गरिएको छ । सरसफाईका थप क्रियाकलापहरु समुदायमा संचालन गर्न अझै आवश्यक देखिएको संयोजक बिश्वकर्मा बताउँछन ।

गाउँपालिका उपप्रमुख शिवबहादुर खत्रीका भन्छन–‘ तल मुहान माथी बस्ती भए पछि आफुहरु डेढ देखि दुई घण्टाको उकालो आरोलो गर्दै पानी पिउन बाध्य थियौं , पहिलो समस्या खानेपानीको समधान हामीले जिते पछि गर्छौ भनेर भोट माग्ने बेला जनता संग भनेका थियौं जुन पुरा गर्नमा आफुहरु लागि परेका छौं ।

गाउँपालिका प्रमुख भुपाल पोखरेल भन्छन –‘ सरसफाईले मानिसलाई स्वास्थ्य राख्छ त्यसका लागि हामीले सरसफाई कार्यक्रम र जनचेतनालाई पनि हामीले महत्वपुर्ण कार्यहरु मध्ये एक ठानेर अगाडी बढेका छौं, मदिरा नियन्त्रणको अभियानले गत वर्ष  वस्तु प्रहरीको तत्थ्याङक हेर्दा ६० प्रतिशत झै झगडाका उजुरी कम भएको पायौं ।

धुर्कोट उपस्वास्थ्य केन्द्रमा आधुनिक प्रविधिहरु  जनतालाई  जिल्ला अस्पतालमा दिने सेवा यहि बाटै दिन सफल भएका छौं ।  ‘नो होम डेलिभरी’ अर्थात घरमा सुत्केरी हुन पाईने अनिवार्य अस्पताल मै , जसले गर्दा सुरक्षित प्रशुती र मातृत्व सेवा पाएका छन । एक घर एक धार अभियान आफुहरुले बोलेको पाँच वर्ष भित्र पुरा गरेरै देखाउने छौं । ’

यस बिषयमा तपाइको प्रतिक्रिया...!