सुर्खेत सिम्ता गाउँपालिकामा नमस्तेको टावर बिग्रदा टेलिफोन सेवा अवरुद्ध

Posted on: 14 Aug, 2018

साउन २९, सल्यान | सुर्खेत सिम्ता गाउँपालिका वडा न ३ झ्याममा रहेको नमस्तेको टावरमा खराबी हुदा त्यस क्षेत्रका नागरिक टेलीफोन सेवाबाट बन्चित भएका छन । झ्याममा रहेको  नमस्तेको टावरमा बिगत १ हप्ता देखि समस्या देखिएको सुर्खेत सिम्ता गाउँपालिका ३ न वडा अध्यक्ष नहकुल बुढाले जानकारी दिनु भएको छ । 

त्यस क्षेत्रमा रहेको नमस्तेको टावरमा खराबी आउँदा सुर्खेत सिम्ता गाउपालिकाको वडा न १ को घोरेरी, २ न को काफलकोट, ३ न को आग्रीगाउ, ४ न को बजेटिचौर र सल्यान बनगाड कुपिन्डे नगरपालिकाको वडा न १ को नाम्रा, २ न को बामे घर्तिगाउ, ३ न को बामे औलबेशी लगाएतका वडा बासी टेलिफोन सेवाबाट बन्चित भएका छन् । अध्यक्ष बुढाका अनुसार वडा कार्यालयहरुमा  फोन सेवा अवरुद्ध हुँदा जनताहरुको प्रत्यक्ष बाहेक टेलीफोनबाट हुने काम प्रभावित भएको र जनताले दु:ख पाएको गुनासो सुनाउनु भएको छ । आफुले नेपाल टेलिकम कार्यालय सुर्खेतलाई बुझ्दा आफुहरुलाइ कुनै जानकारी नभएको र त्यसको बारेमा नेपाल टेलिकम कार्यालय बाके नेपालगन्जलाई जानकारी हुने बताएको अध्यक्ष बुढाले जानकारी दिनु भएको छ । 

यता सल्यान बनगाड कुपिण्डे  नगरपालिका वडा न २ सामाजिक परिचालन बिरेन्द्र पुनका अनुसार आफ्नो कार्यालय र गाउँ घरका टोलहरुमा टेलिफोनले काम नगर्दा २/३ घन्टा हिडेर डाडाकाडा पुगेर टेलीफोन गर्नुपर्ने बाध्यता रहेको बताउनु भएको छ । आफ्ना आफन्त लगाएत वडाका काम काजको विषयमा कुराकानी गर्न पर्दा घण्टौ हिडेर डाडाकाडा पुगेर फोन गर्न बाध्य भएको जानकारी दिएका छन् । उता नेपाल टेलिकम नेपालगन्ज बाकेका डाइरेक्टर प्रकाश प्रधानका अनुसार आफुहरुलाई कुनैपनि जानकारी नभएको बताउनु भएको छ । अब त्यसको बारेमा सम्बन्धि प्राबिधिक बुझ्न लगाएर त्यसको छिटै समाधान गरिने बताउनु भएको छ । एक हप्तासम्म पनि टेलिफोन टावर अवरुद्ध हुँदा सम्बन्धि कार्यालयले जानकारी छैन भन्दै पन्छिएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!