नुवाकोटमा बस दुर्घटना: ४० घाइते, ७ को अवस्था गम्भीर

Posted on: 15 Aug, 2018

साउन ३०, नुवाकोट | जिल्लाको बुङताङबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस विदुर नगरपालिका–९ लामाटारमा आज दुर्घटना हुँदा ४० जना घाइते भएका छन् । 


बा २ ख २८०४ नंको बसले मिनीट्रकलाई ठाउँ छोड्ने क्रममा सडक भाँसिएर ४० मिटर तल खस्दा बसमा सवार ४० घाइते भएका नुवाकोटका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । आज बिहान १०:३० बजेतिर भएको दुर्घटनामा गम्भीर घाइते सातलाई थप उपचारको लागि काठमाडौँ पठाइएको छ । अन्य घाइतेको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!