गुल्मीको राजामा सवारी दुर्घटना, ७ घाईते

Posted on: 15 Aug, 2018

प्रेम सुनार । साउन–३०, गुल्मी । अहिले केहि बेर अघि गुल्मीदरवार गाउँपालिका वडा नम्वर–३ को  राजा भन्ने स्थानमा बसले ठक्कर दिदाँ जिपमा सवार ७ जना घाईते भएका छन ।  तम्घासबाट बुटवलबाट जाँदै गरेको लु १ प ७०४२ नम्वरको बस र सोही दिशाबाट आउँदै  जाँदै गरेको लु १ ख ८३७७ नम्वरको बस एक अर्कामा सामन्य ठोकिएको र विपरित दिशाबाट आउँदै गरेको जिपलाई फेरी  पछिल्लो बसले ठक्कर दिदा जिपमा सवार ७ जना घाईते  भएका हुन ।

जिल्ला प्रहरी कार्यालयका प्रबक्ता डिएसपी रोशन खड्काले जानकारी दिए । सामन्य घाईतेको राजास्थित स्वास्थ्य चौकीमा उपचार गराईएको खड्काले बताए । ठक्करबाट वस र जिपको सिसा लगायमा क्षति भएको बताईएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!