बाग्लुङ्गमा सासुको शव फेला, बुहारी अझै बेपत्ता

Posted on: 15 Aug, 2018

प्रेम सुनार। साउन–३०, गुल्मी । छिमेकी जिल्ला बाग्लुङ्गमा गएराती पहिरोले घर बगाउँदा  बेपत्ता सासु बुहारी मध्ये सासुको शब भेटिएको छ भने बुहारी अझै फेला पर्न सकेकी छैनन । गए राति भीषण वर्षा पछी घरमाथी बाट आएको पहिरोमा पुरिएर निसीखोला गाउपालिका–३ मा मानबहादुर शाहीको घरबंगला पुरिएर उनकी श्रीमती दिलकुमारी शाही र बुहारी डल्ली शाही सम्पर्कविहीन अवस्थामा रहेकोमा केहि बेर अघि सासू दिल कुमारी शाहीको शव उद्धारका क्रममा फेलापरेको  जानकारी प्राप्त भएको छ ।  बुहारी डल्लीको खोजी कार्य जारी रहेको घटनास्थलबाट

घटना स्थलको अवलोकन  जाँदै गरेका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले   यस्तो जानकारी दिएका हुन । 

हामी बाटैमा छौं , सेना, प्रहरी जनप्रतिनिधीहरु सहित पचासौं जना उद्धार टोलीमा छन सासुको शव फेला परेको जानकारी अयो खरेलले भने बहारीको खोजी कार्य जारी छ ।   उनि सहित जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक दीपक रेग्मी, बिहुँ घोँडाबाँधे स्थित नेपाली सेनाको अर्जुनवाण गणका गणपति  प्रमुख सेनानी भुवनराज देवकोटा, जिल्ला वन कार्यालयका प्रमुख बिशाल घिमिरे, जिल्ला प्रशासन कार्यालयका जग्गुलाल पाण्डे सहितको टोली  त्यस तर्फ जाँदै छ । 

अविरल वर्षा र पहिरोबाट ठाउँठाउँमा बिग्रिएको मध्यपहाडी लोकमार्ग नेपाली सेनाको टोलीको सक्रियतामा खोलिएको छ । सेनाको टोलीले अघीअघी लोकामार्गको अवरोध हटाउदै गरेपछी टोली बुर्तिवाङ पुगेको हो ।

प्र.जि. अ. खरेलले केहि बेर पछि औषधी उपचार सहित  सेना र प्रहरीको थप टोली पुग्ने पनि जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!