सिन्धुपाल्चोकमा टिपर दुर्घटना, चालक नदीमा खस्दा बेपत्ता

Posted on: 15 Aug, 2018

साउन ३०, चौतारा | सिन्धुपाल्चोकको बलेखी खोला ए जलविद्युत् आयोजनाको टिपर आज बिहान ११ बजे नदीमा खसेर दुर्घटना हुँदा चालक बेपत्ता भएका छन् । 

आयोजनाका अध्यक्ष उमेश कसजुका अनुसार वा ४ ख ९५८० नंका चालक जुगल गाउँपालिका–३ गुम्बा निवासी ३५ वर्षीय साङ लामा बेपत्ता भएका हुन् । सुरुङको माटो खोलामा फाल्ने क्रममा सोही गापा–२ गोल्चे भन्ने स्थानमा चिप्लिएर टिपर दुर्घटनामा परेको थियो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!