पासाङ ल्हामु राजमार्ग अवरुद्ध

Posted on: 17 Aug, 2018

भदौ १, रसुवा | वर्षापछि पासाङ ल्हामु राजमार्गमा आज पहिरो खस्दा सडक अवरुद्ध भएको छ । 

गोसाइँकुण्ड गाउँपालिका–५ मा सडक अवरुद्ध भएपछि सवारीसाधन चल्न सकेको छैन । आवागमन पूर्ण रुपमा बन्द भएको डिभिजन सडक कार्यालयका प्रमुख निरज शाक्यले जानकारी दिनुभयो । सडक खुलाउन सयम लाग्ने उहाँले बताउनुभयो । सयौँ सवारीसाधन बीच बाटोमा थन्किएका छन् । 

सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय गरिरहेको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताउनुभयो । सडक अवरुद्ध हुँदा कैलाशमानसरोवर जाने भारतीय तीर्थालु र नेपाल घुम्न आएका चिनियाँ पर्यटक गन्तव्यमा पुग्न सकेका छैनन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!