आफुलाई धोका दिन लागेको भन्दै एक युवकले गरे प्रेमिकाको विभत्स हत्या

Posted on: 17 Aug, 2018

भदौ १, विराटनगर | विराटनगर महानगरपालिकाका एक युवकले आफ्नी प्रेमिकालाई डेटिङ्गमा बोलाएर विभत्स हत्या गरेका छन् ।स्थानीय ३० वर्षिय दिनेश भट्टराईले आफ्नी प्रेमिका सिता घिमिरेलाई ग्रामथान गाउँपालिका–३ सिद्राहा पुर्‍याएर शुक्रबार विहान विभत्स हत्या गरेको प्रहरीले जनाएको छ । आफूलाई धोका दिएर अष्ट्रेलिया जान लागेको भन्दै उनले चक्कुले हानेर प्रेमिकाको हत्या गरेका छन्। हत्यापछि शव नहरको डिलमा फ्यालेर भाग्न खोज्दै गर्दा उनलाई स्थानीयले घेरा हालेर नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका छन् ।


प्रहरीका अनुसार शुक्रबार विहान दुवै जना को १७ प १७२३ नम्बरको स्कुटरमा घुम्न निस्किएका थिए। भट्टराई हत्याकै योजनाका साथ छुरा बोकेर डेटिङमा गएका थिए। एकान्त ठाउँमा लगेर उनले अन्धाधुन्द रुपमा प्रेमिकामाथि छुरा प्रहार गरेका थिए।  भाग्न खोज्ने क्रममा स्थानीयलाई समेत उनले छुरा हानेर तर्साउने प्रयास गरेका थिए। 


सीताको अष्ट्रेलियाको भिसा लागिसकेको थियो। उनलाई अष्ट्रेलिया नजान भट्टराईले दबाब दिदै आएका थिए। 

आफूलाई धोका दिएर अष्ट्रेलिया जान लागेकाले आफूले हत्या गरेको पक्राउ परेका युवकले बताएका छन्। उनलाई कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाइएको मोरङका एसपी मनोज केसीले बताए। 

शुक्रबारदेखि लागू भएको मुलुक अपराध संहिताअनुसार यसरी क्रुर तरिकाले हत्या गरेको घटनामा जन्मकैद जेल सजाय हुनसक्छ। जसमा जीवनभर उनी जेल बस्नुपर्ने सजाय हुनसक्छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!