भारतका विदेशमन्त्रीसँग भेटवार्ता

Posted on: 17 Aug, 2018

भदौ १, काठमाडौँ | परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज अपराह्न आफ्ना भारतीय समकक्षी श्रीमती सुष्मा स्वराजसँग भारतको विदेश मन्त्रालयमा भेटवार्ता गर्नुभयो । भेटका अवसरमा उहाँहरुबीच नेपाल–भारत सम्बन्धबारे छलफल हुनाका साथै यही भदौ १४ र १५ गते काठमाडौँमा आयोजना हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास(बिम्स्टेक)को चौथो शिखर सम्मेलनबारे विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीको असामयिक निधन भएकामा नेपाल सरकार र नेपाली जनताका तर्फबाट मन्त्री ज्ञवालीले हार्दिक समवेदना व्यक्त गर्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले पठाउनुभएको समवेदना सन्देश पनि उहाँले भारतका विदेशमन्त्रीलाई हस्तान्तरण गर्नुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!