नुवाकोटको विभिन्न स्थानमा बाढी र पहिरो, दर्जनौं वस्ती उच्च जोखिममा (फोटोफिचर)

Posted on: 18 Aug, 2018

भदौ २, नुवाकोट | अबिरल वर्षासगै नुवाकोटको विभिन्न स्थानमा आएको बाढी र गएको पहिरोले आधादर्जन भन्दा बढी मानिस बसोबास गर्दै आएको घरमा पूर्ण क्षति पुगेका छ भने दर्जन भन्दा बढी परिवार रहेका बस्ती उच्च जोखिममा परेको छ ।

प्रहरी चौकी तादीपुलको अनुसार बेलकोटगढी नगरपालिका वडा नं. ११ अमारे खोलामा आएका बाढीले हरिभक्त तिवारीको दुई वटा घरमा क्षति पुगेको छ । बाढीले घर दुई घर बगाउदा तिवारीको घरमा बसोबास गर्दै आएका रामराजा तामाङ र उहाँको श्रीमति शुभलक्ष्मी तामाङ घाइते भएका छन् । बाढीले घरमा क्षति पु¥याउदाँ त्यहा सञ्चालित किराना पसल, मासुपसल, खाजाघर र फर्ममा पालेको कुखुराहरु नष्ट भएको स्थानीयबासीले बताएका छन् ।  


यस्तै, अबिरल बर्षाको कारणले शिवपुरी गाउँपालिका वडा नं ६ थानाभज्याङमा मनोज लामा र डिलबहादुर तामाङको घरमा बाढीले क्षति पु¥याएको छ । उहाँहरु दुवै जनाको घर बाढीले बगाएर पूर्ण क्षति पु¥याएको प्रहरीले जनाएको छ । घरमा क्षति हुदाँ मनोज लामाको घरमा रहेको तीनवटा बाख्रा पुरिएका छन् भने र डिलबहादुर तामाङको घरा रहेको लताकपडा तथा अनपात लगायतका ६ लाख रुपैयाँ बराबरको धनसम्पत्ति क्षति भएको प्रहरीले जनाएको छ ।

यसैगरी, अबिरल बर्षाको कारण बिदुर नगरपालीका वडा नं. २ स्थित पाटीपानीका अर्जुन कसाईको घर पहिरोमा पुरिएको छ । घर क्षति हुदाँ त्यहाँ रहेका लताकपडा तथा अनपात लगायत ६० हजार बराबरको धनसम्पत्ति क्षति भएको प्रहर चौकी भैरवीले जनाएको छ । त्यही स्थानमा साउन पहिलो साता पहिरो जादाँ उहाँ सहित १४ जनाको घर उच्च जोखिमा रहेको प्रशासनले जनाएपनि स्थान्तरण नहुदाँ गएराती आएको पहिरोले घर पुरेको हो । पहिरो जाने समयमा त्यहाँ रहेका बासिन्दाहरु घर बाहिर बसेकाले ठूलो दुर्घटना हुन नपाएको प्रहरीले जनाएको छ ।

यसैगरी, गएराती तादी गाँउपालिकको वडा नं. ६ नर्जा स्थित आलडाडामा पहिरो जादा डोरबहादुर तामाङको दुई घर पुरिएको छ भने मीनबहादुर तामाङको एक घरमा क्षति पुगेको इलाका प्रहरी कार्यालय खरानीटारले जनाएको छ ।   

यसैगरी, पञ्चकन्या गाउपालिका वडा न ४  थर्पेकमा गएको पहिरोले १४ घर परिवार जोखिममा परेका छन् । गोलेटोलमा ६ घरधुरी र खोलेटोलमा आठ घरपरिवार पहिरोको उच्च जोखिममा परेको त्यहाबाट स्थानीयबासीले बताएका छन् । 

गोलेटोल स्थित बुद्घिबहादुर तामाङ, चुर्णबहादुर तामाङ, वीरबहादुर तामाङ, रामकुमार तामाङ, कान्छि तामाङ र शेरबहादुर तामाङको घर पहिरोको जोखिममा परेको हो । यस्तै, खोलेटोल स्थित शुक्रबबहादुर तामाङ, मानबहादुर तामाङ, श्यामबहादुर तामाङ, जित बहादुर तामाङ, बुद्घिबहादुर तामाङ, शेरबहादुर तामाङ  र माइली तामाङको घर जोखिममा परेको त्यहाबाट डेलबहादुर रुम्बाले जानकारी दिनुभएको छ ।

 यसैगरी, पञ्चकन्या गाँउपालिका वडा नं. ५ साविक भदु्रटार गाविसको वडा नं. ८ पहिरो गएको छ । पहिरोले किसानले रोपेका सयौ रोपनी धानखेतलाई बगरमा परिणत गरेको गाँउपालिकको उपाध्यक्ष सिता खड्काले जानकारी दिनुभएको छ । पहिरो गएको स्थानमा गाँउपालिका, प्रहरी चौकी लगायतबाट गएको टोलीले अवलोकन गरी रोकथामको लागी पहल गरेको उहाँले जानकारी दिनुभएको छ । 

हिजो राती ११ देखिदेखि बिहान ७ बजेसम्म परेको अविरल वर्षाले जिल्लाको विभिन्न स्थानमा पहिरो गएकार त्यसबाट घर तथा बस्ती जोखिमा पु¥याएको छ भने ग्रामीणसडकहरु क्षतविक्षत बनाउको छन । सडक विस्तार भएको स्थानबाट बगेको भलबाढीले खेतीयोग्य स्थान र बाली लगाएका खेतहरुमा समेत क्षति पुगेको नुवाकोट प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) बसन्त कुंवरले जानकारी दिनुभएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!