हेटौंडा उपमहानगरपालिकाले घरको नक्सा निशुल्क बनाईदिने

Posted on: 19 Aug, 2018

नक्सा बनाउँदा लाग्ने खर्च सर्बसाधरणलाई राहत । उपमहानगरपालिका भित्र नक्सा बनाईदिने सेवा केन्द्र खोलेर ईन्जिनियर सहितका प्राबिधिक राखेर निशुल्क नक्सा बनाईदिन सुरु गर्ने भएको हो ।

हेटौंडा । देशभरीमानै पहिलोपटक हेटौंडा उपमहानगरपालिकाले यसक्षेत्रका वासिन्दालाई घर निर्माण गर्नुपरेमा निशुल्क रुपमा नक्सा बनाईदिने भएको छ । आज उपमहानगरपालिकाको कार्यपालिका बैठकले नरका वासिन्दाहरुले घर निर्माण गर्नुपरेमा निशुल्क रुपमा नक्सा समेत बनाउन लागिएको हो । धेरैजसो स्थानिय तहहरुले कर बृद्धी गरेको जनगुनासो आईरहेको समयमा यस क्षेत्रका वासिन्दाहरुलाई घर निर्माण गर्नुपरेमा नक्सा समेत बनाईदिने निणय गरिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो ।


बिशेषगरी उपमहानगरपालिकामा थपिएका पहिलेका गाबिसका वडालाई लक्षित गरेर निशुल्क रुपमा नक्सा बनाउने निणय गरिएको हो । एक हजार स्क्वायरफिट सम्मका घर निर्माण गर्नुपरेमा निशुल्क रुपमा नक्सा समेत बनाउन लागिएको मेयर महतले बताउनुभयो । आम नागरिकलाई सामान्य चार कोठाको घर निर्माण गर्नुपर्दा बाहिर बजारमा १५ हजार रुपैयाँ सम्म तिरेर नक्सा बनाउनुपर्ने बाध्यता भोग्दै आएका छन् । तर अब आजैको निणय देखि साना खालका घरहरु निर्माण गर्दा नक्सा बनाउनुपर्ने बाध्यताबाट नगरबासीहरुले छुट्कारा पाएका छन् । आम नागरिकलाई नक्सा बनाईदिनका लागि उपमहानगरपालिका भित्र सेवाकेन्द्र स्थापना गरेर नागरिकका घरमा नक्सा बनाएर दिने तयारी थालिएको हो । यसभन्दा अघि हेटौंडाका वासिन्दाहरुले कन्सल्टेन्सी मार्फत नक्सा बनाउदै आएपनि बिभीन्न खालका प्रकृया नपुग्दा उपमहानगरपालिकाले नक्सा पास गर्नका लागि पनि समस्या परेको थियो । अब उपमहानगरपालिकामानै नक्सा बन्ने भएकाले घरको नक्सा यो मिलेन उ मिलेन भनेर नक्सा पासनै नहुने समस्या पनि हटेको मेयर महतको भनाई छ । नक्सा बनाउनका लागि उपमहानगरपालिकाले ईन्जिनियरको नेतृत्वमा प्राबिधिक कर्मचारी पनि खटाउने तयारी थालेको छ ।

हेटौंडाको एक नंम्बर देखि १९ नंम्बर वडा सम्मका वासिन्दाहरुलाई अब एक हजार स्क्वाएरुफिट सम्मका घर निर्माण गर्नुपरेमा सजिलो भएको हो । यो आजको निणयबाट बिशेषगरी पहिलेका गाबिसमा थपिएका वडाका वासिन्दाहरुका लागि सजिलो भएको हेटौंडा १ का वडाअध्यक्ष सबिन न्यौपानेले बताउनुभयो । नक्सा बनाउन रकम लाग्ने नक्सा पास गर्नुको झन्झटका कारण साबिकका गाबिस र अहिलेका हेटौंडाका वडाहरुमा निकै सजिलो भएको वडाअध्यक्षहरु बताउँछन् । यो निणयसंगै अब नक्सा बनाएर ब्यबस्थित घर निर्माण गर्नुपर्छ भन्नेमा पनि आम नागरिकलाई सहज भएको छ । यो निणयले सानाखालका जसले एक हजार स्क्वायरफिट भन्दा साना घर निर्माण गर्नेलाई सजिलो भएको छ । अब एक हजार स्क्वायरफिट भन्दा ठुलो घर निर्माण गर्नेहरुले मात्र नक्सा आफै बाहिर बनाएर ल्याउनुपर्ने भएको हो ।सानाखालका घरनिमार्ण गर्ने सबैसाधरणलाई मध्यनजर गरेर यो निणय गरिएको हो ।

नगरवासिका अनिवार्यखालका शिफारिस निशुल्क

हेटौंडा । स्थानिय तहले दिने बिभीन्न खालका सिफारिसमा चर्को कर असुल गर्दै आएको जनगुनासो बढेपनि हेटौंडा उपमहानगरपालिकाले भने बिभीन्न खालका करिब दुईदर्जन सिफारिस निशुल्क रुपमा गर्दै आएको छ । एक बर्ष भन्दा अगाढी देखिनै धेरैखालका अनिवार्य सिफारिसहरु निशुल्क रुपमा गरिदै आएको हो । उपमहानगरपालिकाले यसअघि लिदै आएको दश रुपैयाँ फम शुल्क पनि भोलिदेखि लागूहुनेगरी निशुल्क रुपमा दिने निणय गरिएको हो । उपमहानगरपालिकाको एक देखि १९ नंम्बर सम्मका वडा सम्मबाट हुँदै आएको बिभीन्न सिफारिसहरु निशुल्क रुपमा गर्न लागिएको हो ।

 उपमहानगरका सबै वडाबाट हुँदै आएको जन्म दर्ता, बिवाह दर्ता, मृत्यु दर्ता, बसाई सराई, स्वास्थ्य सिफारिस, शिक्षा सम्बन्धी सिफारिस, भुकम्प सम्बन्धी सिफारिस, दैबिक प्रकोपको सिफारिस, सम्बन्ध बिच्छेद, नागरिकता सिफारिस, मृतक संग नाता प्रमाणित सिफारिस, जेष्ठ नागरिक, दलित, जनजाती, पिछडिएका बर्ग, आदीबासी, अपाङग, मधेसी, एकल महिला पहिचान जस्ता सिफासिहरु निशुल्क रुपमा गरिदै आएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो । यी सबै सिफारिसहरु तोकिएको समय सिमाभित्रमा आएर सिफारिसश लिएमा निशुल्क रुपमा गरिदिने ब्याबस्था रहेको मेयर महतको भनाई छ । स्थानिय सरकार जनतालाई सेवा दिन बसेकाले धेरैजसो सिफारिसहरु निशुल्क रुपमा गरिदै आएको उहाँले बताउनुभयो । साना खालका सामान्य सबैलाई अनिवार्य हुने सबै सिफारिबाट खासै करपनि नउठ्ने र उठाएर ठुला काम काम गर्न रकम खासै नथपिने भएकाले धेरैखालका सिफारिसहरु निशुल्क रुपमा गरिएको हो ।

कुनैपनि शिफारिसमा केही वडाहरुबाट फम शुल्क दश रुपैयाँ लिदै आएको भएपनि अब भोलिदेखि त्या रक पनि मिनाहा गरिएको मेयर महतको भनाई छ । फम शुल्क पनि भोलीबाट नलिनेगरी सबै वडामा सर्कुलर गरिएको छ । यसैगरी भुकम्प पिडीतहरुको घर निर्माणको नक्सापासमा ५० प्रतिशत छुट गरिएको छ । कुनैपनि भुकम्प पिडीतहरुले घर निर्माण गर्नका लागि नक्सा पास गर्न आएमा ५० प्रतिशत पासमा छुट गरिएको छ । यी सबैखालका सेवाहरु वडास्तरबाटनै निशुल्क रुपमा दिइएको हेटौंडा १ का वडाअध्यक्ष सबिन न्यौपानेले बताउनुभयो । नागरिकलाई कर माथी कर थोपर्नु भन्दा पनि करको दायर बढाएर भएका संग कर लिएर नभएका नागरिकलाई कर छुटको ब्याबस्थामा स्थानिय सरकार लागेको मेयर महतको भनाई छ । कुनैपनि क्षेत्रमा कर बृद्धी गर्नुभन्दा पनि बरको दायरा फाराकिलो पारेर बृद्धी गर्दा कर स्वत बढ्ने उहाँले बताउनुभयो । कुनैपनि क्षेत्रमा कर बृद्धी नगर्दा पनि करको दायरा फराकिलो बनाउँदा हेटौंडामा करबढी संकलmन हुने अपेक्षा गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!