शुनशान सुचना दिवसः धन्न एउटा संस्थाले गर्यो

Posted on: 19 Aug, 2018

प्रेम सुनार, भदौ–३, गुल्मी । आज १२ औ सुचना दिवस गुल्मीमा शुनशान जस्तै देखिएका बेला साँझ पख धन्न एउटा संस्थाले आयोजना ग¥यो र संचारकर्मीको जमघट भएको थियो ।  न जिल्ला  समन्व्य समितिले मनायो , न प्रशासन त न स्थानिय सरकारले मनाउने चेष्टा गरे ।


 यहाँ सम्म कि नेपाल पत्रकार महासंघ जस्तो संस्थाले सुचना दिवसको महत्व बुझ्यो । महासंघ अध्यक्ष नवराज भुसाल संग जिज्ञाषा राख्दा पहिला पहिला खासै नमानाएको पाईए पछि नमनाईएको बताए ।  

   सदरमुकाम स्थित एकिकृत ग्रामिण बिकास समाज गुल्मीले भने सुचना दिवसको महत्व बुझेर यहाँ स्थित सञ्चारकर्मीहरुलाई निम्ताएर भव्य रुपमा मनाएको छ । यस अवसरमा उसले सुचना दिवसको महत्व बारे प्रकाश पार्दै सुचनाको हिजोको युग र आजको विकास बारे सो संस्थाले सञ्चारकर्मीहरुलाई सु–सुचित  पारेको थियो ।

  उसले सुचना दिवसको अवसर पारेर संस्थाले हाल सम्म गरेका कार्य प्रगति, हरेक कार्यको आर्थिक विवरण सार्वाजानि गरेर आम सर्वसाधरणलाई समेत सु–सुचित पारेको थियो । कार्यक्रममा बोल्दै त्यस संस्थाकी परियोजना संयोजक हिरा कुँवरले भनिन–‘हामी सामाजिक संस्थाले अरु संग सुचना माग्छौं, पारदर्शीताको कुरा उठाउँछौ भने हामी हाम्रो संस्थाको सुचना पनि दिनु पर्छ र पारदर्शीताबारे जनतालाई छर्लङ्ग पार्नु पर्छ भनेर आज सुचना दिवसको अवसरमा यस्तो कार्यक्रम राखिएको हो । ’

    संस्थाका कार्य समिति सदस्य ओम कार्कीले हरेक क्षेत्रले जनतालाई आफ्नो काम कार्बाहीको सुचना छर्लङ्ग ढंगले बाहिर ल्याउनु पर्नेमा जोड दिए । कार्यकारी निदेशक कृष्ण बिश्वकर्माले त्यस संस्थाको २४ वर्ष अघि देखिको ईतिहाँसबारे प्रकाश पार्दै हाल सम्म कार्य विवरण पत्रकारहरुलाई पेश गरेका थिए ।

  उपाध्यक्ष भगवती श्रीसका अनुसा पछिल्लो चरण त्यस संस्था गत सात वर्ष देखि बढि क्रियाशिल छ । अध्यक्ष हिरा एसीले विभिन्न संघ संस्था मार्फत स्थानिय उत्पादनबाटै जनताको जिवन स्तर उकास्ने , पारदशीता सुशासन, जवाफदेहीता र पैरवी गर्ने, स्थानिय तहको कानुन निर्माण गर्ने लगायका सामाजिक कार्य गर्दै आएको जानकारी दिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!