नागरिक कुट्ने प्रहरी हवल्दार निलम्वनमा

Posted on: 19 Aug, 2018

 भदौ ३, कालिकोट। सर्वसाधारण निर्धात कुटपिट गर्ने प्रहरी हवल्दार कार्वाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कालीकोटमा कार्यरत प्रहरी हवल्दार सुरेन्द्रराम परियार निलम्वनमा परेका हुन् । नयाँ मुलुकी ऐन भदौ १ गते कार्यान्वयनमा आएसंगै उक्त ऐन विपरित सर्वसाधारणलाई कुटपिट गर्ने प्रहरी हवल्दार परियारलाई निलम्वन गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी सहायक निरीक्षक निरक चौलागाईले बताए ।

प्रहरी हवल्दार परियारले भदौ १ गते खाँडाचक्र नगरपालिका १ का गोविन्द दमाइलाई कुटपिट गरेको उजुरी परेपछि उनलाई निलम्वन गरी अनुसन्धान थालिएको चौलागाइँले बताए । ‘नागरिकहरुलाई प्रहरी आचारण विपरित कुटपिट गरेको उजुरी परेपछि हवल्दारलाई निलम्वन गरिएको छ’ जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख विनोद शर्माले भने । कानूनको अधिनमा रही प्रहरीले नागरिकको सुरक्षाको प्रत्याभुती दिन तल्लिन रहेको उनले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!