बर्षामा पनि खानेपानीको समस्या

Posted on: 28 Aug, 2015

प्रेम प्रकाश क्षेत्री/ भदौ ११, सल्यान । बर्षामा खानेपानीको समस्या छ भन्दा पत्यार नलाग्न सक्छ तर सल्यानको उत्तरी क्षेत्रमा पर्ने कोटबारा र बाँफुखोलाको विचमा पर्ने एक गाउँमा यस्तो समस्या छ । कोटबारा ३ र बाँफुखोला ७ को सिमानामा पर्ने सुपेगइरामा बर्षामा पनि खानेपानीको  समस्या भएको हो ।

आसपासमा पानीको मुहान नहुदा १ घण्टा हिडेर बाँफुखोलाको गुणमारेबाट खानेपानी बोकि ल्याउने समस्या रहेको छ । भौगोलिक रुपमा विकट मानिएको सुपेगइरामा १२ घर परिवार रहेको उक्त गाउँमा सय भन्दा बढि मानिसको बसोबास रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!