जनताले धान्न सक्ने कर लगाउनुपर्छ: प्रधानमन्त्री

Posted on: 21 Aug, 2018

भदौ ५, विराटनगर | प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहलाई कर लगाउने अधिकार भए पनि जनताले धान्न सक्ने गरी कर लगाउनुपर्नेमा जोड दिनुभएको छ । 

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नेपालमा लगाइएको कर संसारमै सस्तो भएकोे बताउनुभयो । 

उहाँले राजश्व र करका विषयमा अपव्याख्या गरेर जनतालाई भ्रम फैलाउन नहुने बताउँदै जे कुरा गर्दा पनि विरोध गर्ने प्रवृत्ति त्याग्नुपर्नेमा जोड दिनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!