प्रदेश ५ मा भोलि सार्वजनिक विदा हुने

Posted on: 21 Aug, 2018

भदौ ५, बुटवल । बुधवार प्रदेश नम्बर ५ मा सार्वजनिक बिदा हुने भएको छ | मुस्लिम धर्माबलम्वीहरुको पर्व बकर इदका अवसरमा प्रदेश ५ को सरकारले सार्वजनिक बिदा दिन लागेको हो ।

प्रदेश सरकारले प्रदेश मातहतका सरकारी तथा गैर सरकारी कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

प्रदेश अन्तर्गतका सार्वजनिक कार्यालयहरु बन्द हुने भए पनि संघीय सरकारअन्तर्गत रहेका कार्यालयहरु खुल्ने वा नखुल्ने अन्यौलता भने कायमै रहेको छ ।

बकर इदको उपलक्ष्यमा सार्वजनिक विदा दिन माग गर्दै मुस्लिम समुदायका संघसंस्थाले मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!