सधारणसभा सम्पन्न

Posted on: 28 Aug, 2015

चन्द्रकला बुढाथोकी/भाद्र ११, सल्यान । स्थापना भएको ४ बर्षमा सल्यानको एक सहकारीले ४ करोड बराबरको लगानी गरेको जनाएको छ ।

भोकालाई एक छाक भोजन होइन जिउने जुक्ती सिकाउ भन्ने नारा सहित २०६८ सालमा स्थापना भएको चेतना समाजिक उद्यमी सहकारी संस्थाले चौथो बार्षिक साधारण सभा गर्दासम्मको कारोवार सार्वजनीक गरेको हो ।

सहकारीले जिल्लाका १ नगरपालिका र १३ गाविसमा ६ सय ६५ वटा समुह गठन गरेको छ भने ५ हजार ६ सय ५० जनालाई साधारण सदस्यता वितरण गरेको जनाएको छ ।

आज भएको सहकारीको साधारण सभाले सल्यानका सम्पूर्ण गाविस, दाङ्ग, रोल्पा र सुर्खेत लगायतका स्थानमा कार्यक्षेत्र विस्तार गर्ने निर्णय समेत गरेको छ । सहकारीको यो बर्षको मुनाफा १ लाख ४२ हजार २ सय १८ रुपैयाँ रहेको सहकारी संस्थाका अध्यक्ष धन बहादुर नेपालीले जानकारी दिएका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!