दाङमा दुर्घटनामा परि एक जनाको मृत्यु

Posted on: 21 Aug, 2018

भदौ ५, दाङ ।  तुलसीपुर उपमहानगरपालिका–१४ को खौसापुरबाट घोराहीतर्फ जाँदै गरेको रा१ख ८१७ नंको बस आज पनेर्नी खोलामा दुर्घटना हुँदा एकको मृत्यु भएको छ । 

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार मृत्यु हुनेमा भारत शिवहरिका ३० वर्षीय हरिकिशोर गुप्ता रहेका छन् । गुप्ताको बसको ‘ब्रेक फेल’ भएर पल्ँिटदा घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!