बकर ईदमा प्रदेश ५ को सरकारले दियो सार्वाजानिक बिदा

Posted on: 22 Aug, 2018

प्रेम सुनार, भदौ ६, बुटवल ।  मुस्लीम समुदायको दोश्रो ठुलो चाड बकर ईद पर्वको आफ्नै एक रोचक प्रचलन र महिमा छ । आज बकर इदका अवसरमा त्यस धर्म  धर्मावलम्बीहरुले खसी वा भेंडाको बलि दिने  गर्दछन । उक्त बलिको तीन भाग लगाई एक भाग गरिबलाई, एक भाग पाहुनालाई र एक भाग आफ्नै परिवारका लागि छुट्याउने  रोचक अनि कल्याणकाचरी प्रचलन छ ।

बिहान मस्जिदमा जम्मा भई विशेष नमाज पढिन्छ । नमाज पढिसकेपछि घर घरमा गई बलि दिइने र एकापसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन रहेको छ ।

बकर इद तीन दिनसम्म मनाइन्छ । 

प्रदेश सरकारले प्रदेश मातहतका सरकारी तथा गैर सरकारी कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको उपसचिव मधु पौडेल ज्ञवालीद्वारा हस्ताक्षारित विज्ञप्तिमा जनाइएको छ ।

बकर इद को उपलक्ष्यमा सार्वजनिक विदा दिन माग गर्दै मुस्लिम समुदायका संघसंस्थाले मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाएका थिए । यस्तै प्रदेश १ र प्रदेश २ ले पनि बकर इदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!