विप्लवका विद्यार्थीको संगठन निर्माण

Posted on: 28 Aug, 2015
नोखिराम थापा/भाद्र ११, सल्यान । अखिल क्रान्तिकारी सल्यानले स्वीकोटको नारायण माविमा इकाई कमिटी निर्माण गरेको छ । विप्लव नेतृत्वको माओवादी निकट विद्यर्थी संगठनले स्वीकेटको नेटामा रहेको उक्त विद्यालयमा दिपक सुनारको अध्यक्षतामा ५५ सदस्यीय मावि ईकाई गठन गरेको हो । समितीको उपाध्यक्षमा बालकृष्ण के.सी., सचिवमा नेव बहादुर वि.क., सहसचिवमा कुलराज परियार र कोषाध्यक्षमा दिपा बुढाथोकी रहेका छन । कार्यक्रममा अखिल (क्रान्तिकारी) सल्यानका निवर्तमान अध्यक्ष गणेमान सिंहले विद्याथीलाई प्रशिक्षण दिदै अहिलेको क्रान्तिको नेतृत्व विप्लव माओवादीले मात्रै गर्ने बताएका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!