कपिलवस्तुका सुनचाँदी व्यवसायीद्धारा ३ दिन व्यवसाय बन्द गर्ने निर्णय

Posted on: 22 Aug, 2018

माधव बेल्वासे | भाद्र  ६, कपिलवस्तु | सरकारवाट सहजरुपमा सुन उपलब्ध नभएको भन्दै सुनचादीँ व्यवसायीहरु आन्दोलीत भएका छन । लुम्वीनि अंचलका सम्पुर्ण ब्यावसायीहरुको भेलाले सरकारले व्यापारीहरुलाई सुन सहज रुपमा उपलब्ध गराउनुपर्ने माग राखेका छन ।

कपिलवस्तु सुनचाँदी व्यवासायी संघ उपसाखा चन्द्रौटाको भाद्र ६ गते वसेको वैठकले ६,७ र ८ गते व्यवसाय बन्द गर्ने निर्णय गरेका छन । सुन सहजरुपमा उपलव्ध नभएको हुदा  ग्राहकलाई गहना बनाएरदिन अफ्ठयारो भएकोले सरकारले जुनसुकै हालतमा भएपनि व्यपारिहरुलाई सहज ढंङगवाट सुन उपलव्ध गराउनुपर्ने उपसाखा चन्द्रौटाका अध्यक्ष लाल वहादुर गंहतराले वताउनु भयो ।


सिजनको बेला नै सुन उपलब्ध नभएपछी ब्यवसायिहरु चिन्तीत भएका छन ।“चाडपर्वको अवशरमा सुनको माग वढेको हुन्छ तर सुन हामीले सहज रुपमा पाउदैनाँै” यो समस्या कहिले सम्म अध्यक्ष गहतराजले भने ।

वैक वाट उपलव्ध हुने सुन दलालहरु सग जाने भएकोले सरकारले तोकेभन्दा वढी मुल्य तिर्नुपर्ने समस्या भएको अध्यक्षको भनाई छ ।ग्राहकहरुको माग वमोजिम गहना उपलव्ध गराउन नसकिएको भन्दै उहाले वैकले साना व्यापारीहरुलाई बेवास्ता गरेर दलालहरु सग सहकार्य गरेको आरोप लगाए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!