मदाने गाउँपालिकाद्धारा गाँजा र मदिरा बरामद्

Posted on: 22 Aug, 2018

प्रेम सुनार । भदौ ६, बुटवल ।  गुल्मीको मदाने गाउँपालिकाले अपराध नियन्त्रण, सामाजिक विकृति विसंगतिको न्युनिकरण र त्यसको कारक मानिने घरेलु मदिरा  र लागु पदार्थ अन्त्य गर्ने कार्यलाई तिव्रता दिदै आएको छ ।  

जनप्रतिनिधीहरुले कार्यभार सम्हाले देखि बिशेष गरी त्यस्ता कुराहरुमा निगरानी बढाउँदै आएको त्यस पालिकाले मंगलबार त्यस पालिकाको वडा नम्वर ६ को पुर्कोटद  र ७ को भनभनेबाट सय लिटर घरेलु मदिरा , ४८ लिटर सोेफी मदिरा र २ क्विन्टल गाँजा वरामद गरी नष्ट गरेको हो ।


त्यहाँका प्रमुख प्रशासकिय अधिकृत सुरेश भण्डारीको नेतृत्वमा  वडाध्यक्षहरु र पुर्कोटदह प्रहरी चौकीको टोली पुगेर उक्त उक्त अवैध वस्तु पक्राउ गरिएको थियो । अपराधिक गतिविधीको कारक मानिएका त्यस्ता लागुपदार्थहरु वरमद् गर्ने अभियानलाई तिव्रता दिदै आईको र आगमी दिनमा पनि तिव्रता दिईने प्रमुख प्रशासकिय अधिकृत भण्डारीलेबताए ।

त्यसका अलवा  हरेक विद्यालयहरुमा पुगे लागु औषद्य दुव्यशनी  लगायतका लागु पदार्थ विरुद्ध जनचेतामुल कार्यक्रमहरु पनि गरिदै आएको भण्डारीको भनाई छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!