सहकारी लेखा व्यवस्थापन तालिम शुरु

Posted on: 02 Sep, 2015

भाद्र १६, सल्यान । सल्यान जिल्लामा रहेका विभिन्न सहकारीहरुलाई लक्षित गरेर ३ दिने सहकारी व्यवस्थापन तालिम आज देखि खलंगामा शुरु भएको छ ।

लघु उद्यम विकास कार्यक्रमको आर्थिक सहयोग र जिल्ला लघु उद्यमी समुह संघ सल्यानको आयोजनामा तालिम शुरु भएको छ । तालिममा जिल्लाका विभिन्न गाविसहरुमा रहेका ८ वटा सहकारी संस्थाहरुका अध्यक्ष, व्यवस्थापक तथा कोषाध्यक्षहरुको सहभागिता रहेको छ ।

सहकारी संस्थाहरुको लेखा व्यवस्थापनमा सुधार गरी संस्थाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको आयोजक संस्था डिमेगाले जनाएको छ ।

तालिममा डिभिजन सहकारी कार्यालयका सहकारी निरिक्षक गोपाल पौडेलले प्रशिक्षण दिनेछन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!