नुवाकोटको जिल्ला अस्पतालमा कर्मचारी अभाव

Posted on: 22 Aug, 2018

भदौ ६, काठमाडौँ | नुवाकोट जिल्लास्थित त्रिशूली जिल्ला अस्पतालमा दरबन्दी अनुसारका स्वास्थ्य सेवाका कर्मचारीको अभाव भएको छ । 

सो ५० श्ययाको अस्पतालमा अहिले चारजना करारमा रहेका चिकित्सकले सेवा दिन बाध्य छन् । आठ विशेषज्ञ चिकित्सकसहित १७ जना स्वास्थ्य सेवाका कर्मचारीको सो अस्पतालमा दरबन्दी रहेको छ । अहिले साताँै तहका स्टाफ नर्स देवकी खतिवडालाई कामु मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिइएको बताइएको छ । सांसद नारायण खतिवडा अस्पतालको दरबन्दीअनुसार चिकित्सक नहुँदा बिरामीले सेवा पाउनबाट वञ्चित हुनु परिरहेको बताउँनुहुन्छ । 

उहाँले रासससित भन्नुभयो, “छिटोभन्दा छिटो विशेषज्ञ चिकित्सक पठाउन सदनमार्फत स्वास्थ्यमन्त्री, सचिव र विभागका महानिर्देशकसँग पटकपटक ध्यानाकर्षण गराइसकेको छु ।” सांसद बहादुरसिंह लामाले चिकित्सक नहुँदा आधारभूत स्वास्थ्य सेवा पाउने जनताको मौलिक अधिकार हनन भएको छ भन्नुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!