धारो उद्घाटन दोहोरी: फोटो भाइरल बनाएको मैले होईन

Posted on: 22 Aug, 2018

प्रेम सुनार । भदौ ६, बुटवल ।  केहि दिन अघि बाग्लुङ्गमा खानेपानी उद्घाटनको फोटा भ्याईल बनाउनु आफु नभएको भन्दै स्थानिय एक ब्यक्तिले विज्ञप्ती प्रेषित गरेका छन । भदौ–२ गते बाग्लुङ्ग नगरपालिका–७  ढिकीचौर खानेपानीको सुकेको बाँसमा प्लाष्टिको डोरीले पाईप अड्काएर त्यहाँका सांसद  ईन्द्रलाल सापकोटा र नगरप्रमुख  जनराज पौड्याले धारा उद्घाटन गरेका थिए ।


उक्त फोटा सामाजिक सञ्चालमा भाइरल बनाउने त्यस वडाका कांग्रेस सभापति शशिधर उपाध्यका छोरा देबेन्द्र गौतमले भाइरल बनाएको हुन सक्ने आरोप उपभोक्ता समितिका अध्यक्ष होमनाथ गौतमले आरोप लगाएका थिए ।  त्यस विरुद्ध देवेन्द्र गौतमले विज्ञप्तीमा भनेका छन–उक्त आरोप कपोकल्पीत र भ्रामक छ । 

म काठमाण्डौमा बसेर शंकरदेव क्याम्पस पढाई रहेको छु कसरी मैले उक्त तस्वीर भाइरल गराउन सक्छु । म स्वतन्त्र ब्यक्ति हो । मलाई राजनैतिक प्रति चासो नै छन । उहाँको आरोपले मेरा आत्मा सम्मानमा ठेस पुगेको छ त्यसलाई सच्चाईनुपर्छ ।  

उता उपभोक्ता समितिका अध्यक्ष गौतमले पनि विज्ञप्ती निकालेर सामाजिक सञ्जालमा हेलिकप्टर चढेर बाँसले अड्काएको धारा उद्घाटन गर्न आए भनेर लेख्ने र फोटो राख्ने विरुद्ध कडा ढंगले विज्ञप्ती प्रकाशित गरेका छन । उनले गाडीमा कोचाकोट भएर सांसद र मेयर लगायतका अतिथीहरु जगजाहेर भएको उल्लेख गर्दै भनेका छन यहाँका जनताले बढो मुस्कीलले पिउनेपानीको सुविधा लिन सुरु गरेपछि किन त्यस्तो भ्रामक हल्ला फैलाईदै छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!