धमाधम विना पैसा सम्वन्ध विच्छेद , पाँच दिनमा पाँचवटै निशुल्क

Posted on: 22 Aug, 2018

प्रेम सुनार | भदौ ६, बुटवल ।  मुलुकी संहिताले विशेष गरी सम्बन्ध बिच्छेदका क्रममा पुरुषहरुलाई धेरै मात्रमा राहत हुने देखिएको छ । मुलुकी ऐन लागु भएका ५ दिन भित्रमा गुल्मी जिल्ला अदालतमा फैसला भएको पाँचवटै मुद्धा एक सुका महिलालाई नदिलाई फैसला भएका छन । त्यस अदालतका श्रेस्तेदार दुर्गाप्रसाद बस्यालले भने–‘ संहिता लागु भएको पाँच दिनमा पाँच वटै सम्वन्ध विच्छेदनको फैसाल विना पैसा भएका छन । ’

साउन मशान्तको मुखसम्म  त्यसै जिल्लामा ५० लाखबाट वार्गेनिङ्ग हुने र २० लाखसम्म पुरुषलाई तिराएर डाढ् सेक्ने गरेका थिए अदालत बाहिरका अधिकारकर्मीहरुले । मेलमिलावका नाममा पुरुषलाई दवाव दिने र ठुलो रकम तिराउने क्रमको पछिल्लो चरणमा अर्थात संहिता लागु हुनुको एक हप्ता अघि मात्र एउटी महिलाले १० लाख नगद बुझेर सम्वन्ध विच्छेद मेलमिालवमा गराएकी थिईन ।

श्रीमान र घर परिवारको स्वीकृति विना विभिन्न शहरमा गएर बस्ने र लामो समय पछि फर्केर आई सम्वन्ध विच्छेदको मुद्धा दिने कतिपय महिलाहरुले अर्को लुकी विवाह  गरेर समेत सम्वन्ध विच्छेद र गोजी भराईले पुरुषको ढाड सेक्ने गर्दै  । ईस्मा २ का विष्णु कुँवर ७ वर्ष सम्म श्रीमति माईती मै बस्ने यता श्रीमानलाई  न सम्वन्ध विच्द् गर्न मान्ने न श्रीमानलाई अर्को विवाह गर्न दिने गरेर हैरान पारिन ।

धेरै पकट सञ्चारकर्मीहरु संग समेत आफ्नो पिडा सुनाए उनले । संहिता लागु भएको दिन देखि उनि जस्तै समस्यामा परेका थुप्रै पुरुषहरुले अब हामी सम्वन्ध बिच्छेद गर्न अदालत आउन हुन्छ ? भनेर सोध्न थालेका छन । श्रेस्तेदार वस्याल भन्छन आज त्यस्तै पुरुष आउने खवर देखिएको छ सम्भवता आजै हो भोली सम्म त्यो उनको मुद्धा दर्ता हुन सक्छ ।

संहिता लागु नहुनु सम्म कतिपय महिलाका लागि सम्वन्ध विच्छेद गतिलो अवसर बनेको थियो । विशेष गरी अनुशासित संगठन सेना, प्रहरीका मानिसहरु जागिर जाने डरले जति मागे पनि तिरेर जागिर जोगाउन बाध्य थिए । बैदेशिक राजगारमा हुनेहरु थप पिडित बनेका थिए ।

घरमा आफ्नी श्रीमतिलाई परपुरुष गमनका वेला रंङ्गेहात भेटे पनि लाखौं तिरेर सम्वन्ध विच्छेद गराउने गरिएको थियो । अब त्यो बाध्यताबाट पुरुषहरु मुक्त भएका छन । भित्र भित्रै श्रीमतिको कुटाएर सहेर बस्न बाध्य पुरुषले पनि अब त्यसरी श्रीमतिबाट अशुरक्षित महशुस गरे सम्वन्ध विच्छेद माग्न सक्ने भएका छन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!