चितवनमा बस र ट्रक एकापसमा ठोक्किदा १ को मृत्यु, ३३ घाइते

Posted on: 22 Aug, 2018

भदौ ६, चितवन | नारायणगढ मुग्लिन सडकखण्डको खहरेखोला भन्ने ठाउँमा आज दिउँसो बस र ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् । 

मृत्युहुनेमा बसका चालक गोरखा आरुपोखरीका ४० वर्षीय काजिराम योगी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

नारायणगढबाट गोरखातर्फ जाँदै गरेको ना४ख ७५१३ नंको बस र विपरीत दिशाबाट आउँदै गरेको लु१ख ७४०६ नंको ट्रक भरतपुर महानगरपालिका–२९ खहरे खोलास्थित आज दिउँसो ३:१५ बजे एकापसमा ठोकिएको थियो । 

दुर्घटनामा परी घाइते भएकामध्ये २७ जनाको पुरानो मेडिकल कलेज र ६ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको पनि प्रहरीले जनाएको छ । घटनापछि अवरुद्घ सडक केहि समयपछि सञ्चालनमा आएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!