श्रीमतीविरुद्ध पाँच पुरुषले दिए सम्बन्ध विच्छेदको उजुरी

Posted on: 22 Aug, 2018

भदौ ६, पर्वत । नयाँ मुलुकी ऐन(संयिता) लागू भएसँगै पर्वतमा पुरुषले पनि महिला विरुद्ध सम्बन्ध विच्छेदनको उजुरी दिएका छन् । 

यहि भदौदेखि लागू भएको मुलुकी संघियतासँगै ५ जना पुरुषले जिल्ला अदालतमा सम्बन्ध विच्छेदनको लागि उजुरी दिएका छन् भने ३ जना महिलाले पनि उजुरी दर्ता गरेका छन् । भदौं यता मात्रै ८ वटा सम्बन्ध विच्छेदनका मुद्दा दर्ता भएको जिल्ला अदालत पर्वतका न्यायधिस सुर्यबहादुर थापाले जानकारी दिए । 

बुधबार जिल्ला आदलतमा जिल्लाका क्रियाशिल पत्रकारसँग नयाँ कानूनमा भएको प्रावधानबारे छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको थियो । सोही अबसरमा उनले यस्तो बताएका थिए । 

नयाँ संशोधन ऐनमा प्रेसलाइ पनि अंकुश लगाउने देखिएको भन्दै पत्रकार महासंघले त्यसको विरोध गर्दै आइरहेको छ । नयाँ कानूनमा भएको व्यवस्थाको बारेमा जानकारी आदान प्रदान सो छलफलमा जिल्ला आदालतमा भएको गतिविधीको बारेमा समेत जानकारी गराइएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!