विप्लवको विद्यार्थी संगठन निर्माणमा

Posted on: 02 Sep, 2015

भाद्र १६, सल्यान । संगठन निर्माणमा क्रियाशिल रहेको अखिल (क्रान्तिकारी) सल्यानले शारदा उमाविमा संगठन निर्माण गरेको छ ।

विप्लव नेतृत्वको माओवादी निकट क्रान्तिकारीले गिता थापाको अध्यक्षतामा ९ सदस्यीय इकाई कमिटी निर्माण गरेको हो । कार्यक्रममा संगठनका जिल्ला संयोजक कमल वली र सदस्य भुम प्रकाश भण्डारीको उपस्थिती रहेको थियो ।

त्यस्तै उपाध्यक्षमा अस्मिता विश्वकर्मा, सचिवमा विना थापा, सहसचिवमा मोहनलाल वि.क र कोषाध्यक्षमा सुनिता वली रहेका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!