दुर्घटनामा परि गाउँपालिका अध्यक्ष र इन्जिनियर घाईते

Posted on: 23 Aug, 2018

भदौ ७, सुर्खेत | फ्रोस गाडी र मोटरसाइकल ठोक्किदा अध्यक्ष र इन्जिनियर घाइते भएका छन् । सुर्खेत दैलेख सडक खण्डको दैलेखस्थित गुराँस गाउँपलिकाको रिठ्ठामा बुधबार दुर्घटना हुँदा उनीहरु गम्भीर घाइते भएका हुन् ।

सुर्खेतबाट जुम्ला जाँदै गरेको लु ४२ प ६९९८ नम्बर मोटरसाइकल र दैलेखबाट सुर्खेत आउँदै गरेको बा ४ ख ५४४१ नम्बरको फ्रोस गाडी ठोक्किएको पुष्टी प्रहरी चौकी रानिमत्ताका इन्चार्ज भिमबहादुर बस्नेतले गरेका छन् । उनका अनुसार दुर्घटनामा जुम्ला हिमा गाउँपालिकाका अध्यक्ष रजबहादुर शाही र सोही गाउँपालिकामै कार्यरत इन्जिनियर ललित रावत घाइते भएका छन् । 


शाहीको अवस्था सामान्य भएपनि रावतको अवस्था गम्भीर रहेको इन्चार्ज बस्नेतले  जानकारी दिए । उनीहरुलाई थप उपचारको लागि सुर्खेत पठाइएको बस्नेतले जानकारी दिए । गलत दिशामा रहेको बाइकलाई फ्रोस गाडीले ठक्करदिँदा दुर्घटना भएको प्रहरीको भनाई छ । फ्रोस गाडी र चालकलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!