अदुवाको प्रख्यात सल्याको माल्टी सुठो जोगाऊ

Posted on: 03 Sep, 2015

नविन रावत/भदौ १७, सल्यान  । अदुवाका लागि प्रख्यात मानिएको सल्यानमा अदुवाको गुणस्तरियताका लागि ध्यान दिनुपर्ने एक कार्यक्रमका वक्ताहरुले जनाएका छन ।

सल्यानलाई अदुवाको लागि प्रख्यात मानिएता पनि पुर्वतिर उत्पादन हुने अदुवाभन्दा कममा विक्रिहुनुमा गुणस्तरियतामा आएको गिरावट नै भएको उनिहरुले बताएका छन ।

[caption id="attachment_29" align="alignnone" width="640"]unnamed (2) तस्वीर (फाइल फोटो): पवन कुमार[/caption]

उद्योग वाणिज्य संघ सल्यान अन्तरगको जिल्ला कार्यान्वयन समितीले गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्नेव्यक्तिहरुले यस्तो बताएका हुन । सल्यान अदुवाबाट चिनिएको अवस्थामा सल्यानको माल्टामा मात्रै उत्पादन हुने चोइटा विनाको मंसधारी माल्टी सुठोको पहिचान बचाउन सबैले ध्यान दिनुपर्ने भन्दै अदुवाको प्रसोधन, ड्राइक्लिन, प्याकेजिंग हुनुपर्ने र निर्यातका बेला पहिचान सहितको स्टिकर टाँस्नुपर्ने उनिहरुले बताएका छन ।

जिल्लामा उल्लेख्य मात्रामा अदुवा उत्पादन भएतापनि त्यसको सहि व्यवस्थापन गर्न नसक्दा अन्यत्रको भन्दा कम मुल्यमा जाने भन्दै उनिहरुले उत्पादनका हिसावले बजार व्यवस्थापनमा लाग्नुपर्ने बताएका छन ।

कार्यक्रममा ७ लाख रुपैयाँ बराबरको एक गाउ एक उत्पादन कार्यक्रम पेश गरेको उद्योग वाणिज्य संघलाई वरिष्ट जिल्ला कृषि विकास अधिकृत टेक प्रसाद लुइटेलले यस्ता कार्यक्रम भन्दा पनि अदुवाको प्रख्यात मानिने सल्यानले करोडौंका कार्यक्रम ल्याउनुपर्ने सुझाव दिएका छन ।

सल्यानमा अर्गानिक अदुवा उत्पादन गरि सल्यानमा नै प्रसोधन गर्ने योजनामा लाग्ने हो भने आफुले सम्पूर्ण सहयोग गर्ने लुइटेलले बताएका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!