खाने पानीको मुख्य स्रोत भेरी नदी धमिलो हुन थालेपछि स्थानीयबासी चिन्तित

Posted on: 23 Aug, 2018

इन्द्र बुढाथोकी । भदौ ७, सल्यान ।  बनगाड कुपिण्डे नगरपालिका  –१ नाम्रा गाउमा बसोबास गर्ने मानिसहरू भेरी नदिको पानी वर्षातमा धमिलो भएपछि चिन्तित हुन थालेका छन् । वर्षौंदेखि खानेपानीको स्रोतका रुपमा नदीलाई प्रयोग गर्दै आइरहेका ६० घरपरिवार रहेको गाउँका बासिन्दाले भेरी नदिको पानी पिउनका लागि प्रयोग गरिरहेका छन् ।

वर्षायाममा नदीमा धमिलो पानी आउने र नदी किनारमा सफा पानी नहुने भएकाले समस्या पर्ने गरेको स्थानीयवासी  गोपि लाल आचार्यले जानकारी दिए । नजिकमा पानीको स्रोत कतै नभएपछि वर्षौंदेखि समस्या भोग्दै आएको आचार्यको भनाइ छ । धमिलो र फोहर छ भन्ने थाहा पाउँदा पाउँदै विकल्प नभएपछि बाध्यताले खानेपानीको रुपमा प्रयोग गर्दै आएको स्थानीयवासीले जानकारी दिएका छन ।

“गाग्रीमा पानी ल्याउँदा पानी धमिलो देखिन्छ, यो खाए रोग लाग्छ भन्ने पनि थाहा छ, विकल्प नै नभएपछि के गर्ने” आचाार्यले भने  नदीबाट पानी ल्याएर केही घन्टा राख्ने र बाक्लो हिलो तल बसेपछि प्रयोग गर्ने गरेको उनको भनाइ छ । खानेपानीको समस्या भएको लामो समय बितिसक्दा पनि कसैको ध्यान नगएको स्थानीयवासी वीरबल पोखरेलले जानकारी दिएका छन । 

त्यस क्षेत्रमा खानेपानी ल्याउन जादा नुहाउन जादा बर्सेनि मानिसहरू भेरी नदिमा बेपत्ता हुने गरेका छन |

यस बिषयमा तपाइको प्रतिक्रिया...!