कृष्ण जन्माष्टमिको अवसरमा विभिन्न ठाँउमा भजनकृतन

Posted on: 05 Sep, 2015

नविन रावत/भाद्र १९, सल्यान । सल्यानमा पनि कृष्ण जन्माष्टमिको अवसरमा विभिन्न ठाँउमा भजनकृतन तथा कार्यक्रमहरु गरिएका छन ।

सल्यानका विभिन्न ठाउँमा रहेका कृष्ण मन्दिरमा पुजापाठ तथा भजनकृतन र साँस्कृतिक कार्यक्रम भएको हाम्रा सहकर्मीहरुले जनाएका छन । त्यस्तै लिलाधर रावतका अनुसार फालावाङ्ग ७ मा रहेको पुतलिबजारमा भजनकृतन सहित शिव मन्दिरको उद्घाटन गरिएको छ ।

मन्दिर निर्माणका लागि स्थानियबासिबाट १ लाख ५० हजार ५ सय १५ रुपैयाँ जम्मा भएको छ ।

जसमा मेलामा भएको पिङ्गले १ लाख ६ हजार आठ सय सहत्तर सहयोग गरेको छ भने हिम पर्वत एकेडेमी बोर्डिङ्ग स्कुल र शिक्षक समय शर्माले ३५ हजार सहयोग गरेका छन । त्यस्तै स्थानियबासिबाट आठ हजार ६ सय पैतिस रुपैया जम्मा भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!