मानव बेचबिखन विरुद्धको दिवसका अवसरमा तिज गीत प्रतियोगिता

Posted on: 06 Sep, 2015

भदौ २०, सल्यान । मानव बेचबिखन विरुद्धको नवौ राष्ट्रिय दिवस, आज विविध कार्यक्रम गरी मनाइएको छ । यस वर्ष दिवसको नारा “हामी सबै मिली गरौं विपद्को सामनाः मानव बेचबिखनको अन्त्य हाम्रो कर्तव्य र चाहना” भन्ने तय गरिएको छ ।

दिवसका अवसरमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको अगुवाइमा आज काठमान्ड मा विहान प्रभात फेरी निकालिएको छ । सल्यानमा पनि यहि अवसरमा तिज गित प्रतियोगिता सम्पन्न भएको छ ।

मानव वेचविखन तथा ओसारपसार विरुद्धको जिल्ला समन्वय समितीको आयोजना तथा महिला विकास कार्यालय र जिल्लामा सक्रिय संस्थाहरुको समन्वयमा भएको कार्यक्रममा दर्जन भन्दा बढि प्रतियोगिहरुले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा सल्यान कोटमौला ३ कि जीवनी बस्नेत प्रथम, शानपा २ कि शान्तिप्रभा पुरी र निर्मला पुरी द्धितिय, चाँदेकरेन्जी ८ कि जानकी रोका तृतिय र शानपा १४ कि पम्फा शाहा सान्त्वना बनेका छन । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना लाई पुरुस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकार रमेश पाण्डेको अध्यक्षतामा र महिला मानव अधिकार रक्षक संजालकी अध्यक्ष सोविता बस्नेतको संचालनमा भएको कार्यक्रममा जिल्ला न्यायधिश कैलाश के सी को प्रमुख आतिथ्यता रहेको थियो भने महिला विकास अधिकृत राज कुमारी राईले सहभागीलाई स्वागत तथा धन्यवाद दिएकी थिईन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!