प्रहरी हुँ भन्दै धम्क्याउने नुवाकोटका एक युवालाई स्थानीयले समाते

Posted on: 24 Aug, 2018

भदौ ८, काठमाडौँ | काठमाडौँस्थित गोंगबु प्रहरी प्रभागले 'सिभिल प्रहरी हुँ' भन्दै सर्वसाधारण धम्क्याउने एक जना युवा पक्राउ परेका छन् ।

प्रहरीले नुवाकोट तादी गाउँपालिका-६ घर भइ काठमाडौँको माछापोखरी बस्दै आएका २४ वर्षीय बिज्ञान दाहाललाई पक्राउ गरेको हो ।

पक्राउ परेका दाहाललार्इ बिहीबार स्थानीय वासिन्दाले नियन्त्रणमा लिएर प्रहरीलार्इ बुझाएका हुन् । दाहालले काठमाडौं महानगरपालिका-२६, नयाँ बसपार्क मित्रनगरका सर्वसाधारणलार्इ प्रहरी हुँ भन्दै धम्क्याएका थिए ।

स्थानीयले प्रहरीलार्इ बुझाएपछि  थप अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!