दशनामी समाज सङ्घीय संरचनामा

Posted on: 24 Aug, 2018

भदौ ८, भक्तपुर | देश सङ्घीय संरचनामा गएपछि नेपाल दशनामी समाज केन्द्रीय कमिटीले आफ्ना संरचनालाई सङ्घीय ढाँचामा लैजाने भएको छ । 

केन्द्रीय, अञ्चल र जिल्ला कमिटीको संरचनाको नेपाल दशनामी समाजले अब प्रदेश कमिटी गठन गर्ने भएको छ । समाजले यही भदौ ११ गते काठमाडौँमा प्रदेश नं ३, युवा र महिला भेला गरिने केन्द्रीय अध्यक्ष रञ्जनकुमार गिरीले जानकारी दिनुभयो । त्यसले नयाँ समिति बनाउनेछ । 

त्यस्तो समिति सबै प्रदेशमा बनाईने समाजले जनाएको छ । सो भेलामा अपाङ्गता भएका व्यक्ति (दशनामी) लाई उच्च शिक्षा अध्ययन गर्न रु २५ हजारसहित सम्मान गरिने छ । दशनामी समाजमा गिरी, पुरी, भारती, वन, सागर, सरस्वती, आरण्य, तीर्थ, पर्वत र आश्रम रहेका छन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!