चितवनमा बाघको आक्रमणबाट एकको मृत्यु

Posted on: 24 Aug, 2018

भदौ ८, चितवन | माडी नगरपालिका–९ गोविन्दबस्तीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोबिन्दवस्ती निवासी ५६ वर्षीय जीतबहादुर राई रहेका छन् । राई बिहीबार गाईभैंसी चराउनका लागि गोविन्देश्वर सामुदायिक वनमा गएका थिए । 

वस्तु चराउन गएका राई साँझ अबेरसम्म घर नआएपछि खोजतलासका क्रममा आज बिहान ११ बजे शब भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका नायब उपरीक्षक शिव शर्मा आचार्यले जानकारी दिनुभयो । आचार्यका अनुसार राई टाउको र एउटा फिला नभएको अवस्थामा भेटिएको र शवपरीक्षणका लागि भरतपुर ल्याइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!