पुरानो संस्कृति पनि नभुलौं : आधार

Posted on: 14 Sep, 2015

नोखिराम थापा, भदौ २८, सल्यान / नेकपा माओवादीका केन्द्रिय सदस्य मोहलाल चन्द आधारले पुरानो सँस्कृति विस्तारै हराउदै गएपनि नयाँ युग सुहाउदो संस्कृतिले प्रवेश गरेको बताएका छन । सल्यानको शिवरथमा रहेको सरस्वती उमाविमा भएको तिज विशेष साँस्कृतिक कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका छन । विप्लव नेतृत्वको माओवादी निकट विद्यार्थी संगठनको मावि इकाई ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले समय अनुसार सबै चिज पनि बदलिने भएतापनि पुरानोलाई भुल्न नहुने बताएका छन ।

सल्यानमा सोचेभन्दा पनि बढि प्रतिभा भएको र तिनीहरुलाई सहि मुल्याकंन हुन नसकेको भन्दै स्रष्टा तथा सर्जकलाई अझै माथिसम्म पुर्याउन सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताएका छन । संगितले मानिसलाई आनन्दित बनाउने भएकोले यस क्षेत्रमा लागेका मान्छेलाई सबैले माया गर्नुपर्ने उनको भनाई छ ।

हिजो देखि चलेको कार्यक्रममा राष्ट्रिय कलाकारहरु भागिरथ चलाउने, शक्ति चन्द, महेश मल्ल लगायत स्थानिय सहयात्री कलाकेन्द्रका कलाकारले प्रस्तुति दिएका छन । कार्यक्रमको मिडिया पार्टनरको भुमिका रेडियो तहल्काले लिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!