सल्यानमा पनि परिवार नियोजन दिवश कार्यक्रम

Posted on: 18 Sep, 2015

असोज १, सल्यान । आज सल्यानमा पनि दोस्रो परिवार नियोजन दिवश एक कार्यक्रमका विच मनाइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय सल्यानको आयोजना तथा पास नेपाल, हेल्थ फर लाइफ, सुआहारा र दलित विकास समाजको प्राविधिक सहयोगमा जिल्लाका शारदा नगरपालिका अन्तरगत मार्केको नाउला बजार र खलंगामा र्याली, निकालेर दिवश मनाइएको छ । मार्केको मनकामना मेडिकल हलबाट परिवार नियोजन सेवाहरु कपरटी, डिपो, पिल्स, कन्डम लगायतका सेवा पनि दिने गरिन्छ ।

विश्व स्वास्थ्य संगठनले जनाए अनुसार अनिच्छित गर्भ रहेका सबै महिलाहरुले प्रभावकारी परिवार नियोजनको साधन प्रयोग गरेमा मातृ मृत्युमा ३० प्रतिशतले कमि ल्याउन सकिनेछ भने युएसएआईडी का अनुसार महिलाको उमेर २० बर्ष पुगेपछि हुने गर्भले भन्दा किशोरावस्थामा भएको गर्भले मातृमृत्यु हुने सम्भावना दोव्वर बढाउछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!