‘इलाम सिटी मार्ट’ बनाइने, कहाँ बन्दैछ भवन ?

Posted on: 25 Aug, 2018

भदौ ९, इलाम (रासस) | जिल्ला सदरमुकाम इलाममा सुविधा सम्पन्न ‘इलाम सिटी मार्ट’ निर्माण हुने भएको छ । बजारको मुख्य चोकसँगै रहेको भीमसेनस्थान मन्दिर अगाडि सो भवन निर्माण हुने भएको हो । 

इलाम नगरपालिका र नेपाल सरकारको रु नौँ करोड ३८ लाखको लागतमा व्यापारिक प्रयोजनका लागि भवन बनाउन लागिएको नगरपालिकाले जनाएको छ । भवनमा ९२ सटर, दुई लिफ्ट र चौथो तलामा स्टिलको ट्रस बनाएर त्यसमा तरकारी तथा मासु पसल राखिने नगरपालिकाका इञ्जिनीयर दीपक गुरागाईंले बताउनुभयो । भवन निर्माणका लागि निर्माणस्थलमा रहेका कपडा र तरकारी पसल हटाइसकिएको छ । 

नगर प्रमुख महेश बस्नेतले शुक्रवार शिलान्यान गर्नुभएको सो भवन आगामी ०७६ चैत ३० सम्ममा निर्माण भइसक्ने लक्ष्य लिइएको छ । निर्माणको जिम्मा विकोइ भगवती जेभीले लिएको छ । हरितनगर र सफा शहरका लागि व्यापारिक प्रयोजनको यो भवनको निर्माणले थप सहयोग पु¥याउने अपेक्षा लिइएको छ । इलामलाई पर्यटन केन्द्रका रूपमा विकास गर्न यो आधुनिक भवनले सहयोग पुर्याउने बताइएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!